काठमाडौं- नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले कोरोना भाइरसको महामारीग्रस्त चीनबाट नेपालीहरुलाई स्वदेश नफर्काउन माग गरेका छन्।
भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन बनाउने सरकारले निर्णय गरेकाप्रति पनि उनको विरोध छ।
चीनबाट नेपालीहरुको उद्धार गर्न नहुने धारणा उनले प्रनिनिधि सभामा निरन्तर राखिरहेका छन्।
यसैक्रममा उनले बुधबार उद्धार गर्न नहुनेमात्रै होइन, उद्धार गरेर खरिपाटीमा राख्न सिफारिस गर्ने सचिवलाई समेत कारबाही गर्न माग गरे।
उनले भने, ‘खरिपाटीमा क्वारेन्टाइन बनाउने भनेर सरकारले निर्णय गरेको छ। तर, त्यसो गर्न मिल्दैन। यहाँ सिफारिस गर्ने सम्बन्धित मन्त्रालयका सचिवलाई निलम्बन गरी कारबाही गर्न माग गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।