नयाँ दिल्ली- दिल्लीमा भएकाे विधानसभा निर्वाचनमा सत्तारुढ पार्टी आम आदमी पार्टी ६२ सिटमा विजय भएको छ। त्यस्तै भारतीय जनता पाटी (भाजपा)ले आठ स्थानमा विजय हाँसिल गरेको छ।
प्रतिशतका आधारमा आम आदमीले ८८.५७ प्रतिशत सिट ल्याएको छ भने भाजपाले ११.४३ प्रतिशत सिट जितेको छ। कूल ७० सिटको विधानसभामा केन्द्रमा प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले कुनै पनि स्थान सुरक्षित गर्न सकेन।
यस अघि सन् २०१५ को विधान सभामा आपले ६७ सिट जितेको थियो भने भाजपाले तीन सिट ल्याएको थियो। मङ्गलबार सम्पन्न निर्वाचन परिणामको नतिजालाई भारतीय निर्वाचन आयोगका अधिकारीहरूले पुष्टि गरेका छन्।
कडा सुरक्षाको बीचमा सहरभरिका २१ केन्द्रहरूमा मतगणना गरिएको थियो।
तस्बिर एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।