जनकपुर- प्रदेश-२ को स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफ्नो मस्यौदा सरकारलाई हस्तान्तरण गरेको छ।
मंगलबार समाजिक विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा कार्यदलका संयोजक डा. राम केवल साहले समाजिक विकास मन्त्री नवल किशोर साहलाई र मन्त्री साहले मुख्यमन्त्री लालबाबु राउत उक्त मस्यौदा हस्तान्तरण गरेका हुन्।
कार्यदलले तयार पारेको मस्यौदामा प्रदेश-२ को स्वास्थ्य क्षेत्रमा देखिएको समस्या, सुधारका लागि गर्नुपर्ने उपाय तथा स्वास्थ्य क्षेत्रको पुनर्संरचनालगायतका विषयहरु समेटिएको छ।
उक्त समारोहमा मुख्यमन्त्री लालबाबु राउतले कार्यदलले तयार पारेको मस्यौदाले प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउने विश्वास व्यक्त गरे। सरकारी नीतिकै कारण स्वास्थ्य क्षेत्रमा सोचअनुरुपको सफलता पाउन नसकेको उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रलाई विश्वासिलो बनाउन पुनर्संरचना आवश्यक रहेको उल्लेख गरे।
समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास राज्य मन्त्री अभिराम शर्मा , नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झासहितका वक्ताहरुले मस्यौदामाथि आ-आफनो विचार राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।