काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१)डिआइजी ठाकुर ज्ञवालीलाई नेपाल प्रहरीको २७ औं महानिरीक्षक बनाउने मन्त्रिपरिषद् बैठकको निर्णय, ३० वर्षे सेवाअवधि कायम रहँदा आगामी असार २४ सम्ममात्र पदमा रहने।
२) चीनबाट नेपाली ल्याउन जहाज तयार, तर आएन सरकारको निर्णय, नेपाली दूतावासका उपप्रमुख भन्छन्– विद्यार्थी फर्काउन सरकारले अझै औपचारिक निर्देशन दिएको छैन ।
३) ५ दर्जन व्यावसायिक घरानामा भएको अनुगमनका फाइल वाणिज्य विभागबाट गायब, अध्ययन समितिले ४ महिना लगाएर खोज्दा पनि नभेटिएपछि कार्यालय सार्दा हराएको बहाना ।
४) सहिद स्मारक ए डिभिजन लिग फुटबलमा बिबिसीलाई पराजित गर्दै आर्मी फेरि शीर्ष स्थानमा, मछिन्द्र र आर्मीबीचको खेलपछि उपाधिको छिनोफानो हुने ।
५) र, दिल्ली विधान सभा निर्वाचनमा फेरि मुख्यमन्त्री बन्ने बाटोतिर केजरीवाल, प्रारम्भिक मतगणनामा ७० क्षेत्रमध्ये आम आदमीको ११ मा जित, ५२ मा अग्रता ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।