काठमाडौं– रिक्सा चालकको कथामा तयार भएको फिल्म ‘धुलो’को फस्र्टलुक पोस्टर सार्वजनिक भएको छ। प्रद्युम्न मिश्रको निर्देशनमा तयार भएको यो फिल्मको रिलिज मितीसमेत फागुन १६ गते फाइनल भएको छ।
रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको यो फिल्ममा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्की प्रमुख भूमिकामा छन्। त्यस्तै फिल्ममा नीर शाह, सुशिल पोखरेल र लक्ष्मी बर्देवा बिशेष भूमिकामा छन्।
त्यस्तै फिल्मको पोस्टरसँगै मंगलबार ‘सुखको अनुभुति भो’ बोलको गीत समेत सार्वजनिक भएको छ। केशव मिश्रको शब्द, जुगल डंगोलको संगीत रहेको गीतमा मनोज राज र रेजिना रिमालको स्वर छ।
सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको यो फिल्ममा कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।