काठमाडौं- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेतृत्वको ९ दलीय गठबन्धनले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाएको छ।
सिंहदरवारमा मंगलबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै गठबन्धनले अमेरिकाले आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न एमसिसी अनुमोदनका लागि दवाब दिएको दाबी गरेको छ।
पूर्वसांसद सिपी गजुरेलसहितका नेताहरु सभामुखलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए।
सभामुख सापकोटाले ज्ञापनपत्र बुझेपछि एमसिसीबारे अझै गहिरिएर अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो क्षेत्राधिकारअनुसार नै आवश्यक कदम चाल्ने पनि स्पष्ट पारे।
यसैबीच संवाददाताहरुसँग संक्षिप्त कुरा गर्दै सभामुख सापकोटाले क्यानडेली सभामुखसँगको भेटघाटबारे आएका समाचारमा सत्यता नभएको बताएका छन्।
उनले भेटबारे कुनै कार्यक्रम नै नभएकाले स्वीकार/अस्वीकारको प्रश्नै नउठ्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।