काठमाडौं- ‘शाहीन बागका मानिस घरमा घुसेर तपाईंका छोरी–बुहारी बलात्कार गर्न सक्छन्।’
‘आतंकवादीलाई बिर्यानी खुवाउनुको साटो बुलेट (बन्दुकको गोली) खुवाउनु पर्छ।’
‘देशका गद्दारलाई गोली ठोक।’
‘अरविन्द केजरीवाल आतंकवादी हुन्।’
दिल्ली विधानसभा चुनावमा सत्तारुढ भारतीय जना पार्टीले दिल्लीका मुख्य मन्त्रीविरुद्ध चलाएको प्रचार अभियानका वाक्याशं हुन् यी।
भाजपाका ‘स्टार प्रचारक’हरु अमित शाह, उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथ लगायतले चुनावमा यी नारालाई निकै उत्तेजनापूर्णक लगाए।
यो केवल दिल्ली चुनावमा मात्रै नभई भारतीय पछिल्ला चुनावमा देखिएको सम्प्रादायिक राजनीतिको झलक पनि हो।
दिल्ली विधानसभाको प्रारम्भिक मतगणनाले नरेन्द्र मोदीको दल भाजापले लगाएका यी उत्तेजक नारालाई नरुचाएको देखाएको छ।
यसअघि दुई पटक दिल्लीको मुख्य मन्त्री भईसकेका केजरीवालको दल आम आदमी पार्टीले ७० विधानसभाकाका क्षेत्रहरूमध्ये ६० भन्दा बढी सिटमा अग्रता लिइरहेको छ।
यसअघिको चुनावमा ७० मध्ये ६७ सिट ल्याएर मुख्यमन्त्री बनेका केजरीवाललाई भाजापाले निकै ठूलो शत्रुको रुपमा लियो।
के भारतीय जनता पार्टीसामु दिल्ली चुनावमा यी बाहेक अन्य मुद्दा थिएनन्?
प्रधानमन्त्री मोदीले चुनावमा देशविकासका कुरा दोहोर्याउँदै केजरीवाल सरकारमाथि ‘केन्द्र सरकारको राम्रा स्किममा बाधा खडा गरेको’ आरोप लगाए।
दिल्ली विधानसभाको प्रारम्भिक नतिजाले केजरीवाल पुनः दुई तिहाई क्षेत्र जित्दै सरकारको बागडोर सम्हाल्ने प्रष्ट संकेत गरिसकेको छ।
ससाना सभा आयोजना गरेर भाजपाका प्रवेश वर्मा तथा अनुराग ठाकुरजस्ता नेताले शाहीन बाग, देशद्रोही, पाकिस्तान तथा आतंकवादजस्ता विषयमा कुरा गरेका थिए।
अमित शाह तथा अन्य कैयौं भाजपा नेताले चुनावमा देशको सीमालाई बलियो र ‘दुश्मनको पहुँच बाहिर’ बनाएको प्रचार गरे। उनीहरुले पटक–पटक भारतले पाकिस्तानलाई कमजोर हालतमा पुर्याएको कुरा दिल्लीका जनतासामु राखे।
उनीहरूले रोजगार, सफा पिउने पानी, राम्रा सडक तथा आधारभूत सेवामा आाधारभूत रूपमा परिवर्तन ल्याउने कुरा पनि भए।
तर, को कति भारतीय?, कसमा धेरै र कसमा राष्ट्रवादको कम भावना छ? जस्ता उत्तेजक मुद्दाअघि फिक्का सावित भए। नागरिकता कानुन संसोधन र बंगालदेशबाट रोहिंग्या मुसलमान घुसपेट गरेका कुरा पनि भाजपाले उठायो।
भाजापका नेताहरुले जसलाई भारत मन पर्दैन उनीहरुलाई अन्तै कतै जानलाई कसले रोकेको छ भन्ने कुरा पनि उठाए।
भाजपाले आफ्ना धेरै सांसदलाई चुनावी प्रचारका लागि मैदानमा उतार्यो। त्यति मात्रै होइन, देशका कैयौं प्रान्तका मुख्य मन्त्री र केन्द्रीय मन्त्रीलाई पनि केजरीवालविरुद्ध चुनाव प्रचारका लागि खटायो।
साम्प्रदायिक ध्रुवीकरण गरेर चुनाव जित्ने कोसिस भारतमा यो पहिलो पटक भने भएको होइन।
सन् २०१९ को लोकसभा निर्वाचनमा पनि भाजपाले यस्तै शैली अपनाएको थियो।
महाराष्ट्र, राजस्थान तथा मध्य प्रदेशजस्ता राज्यमा भाजपाले सरकार गुमाउनु परे पनि यो चुनावको अन्तिम क्षणमा ‘धर्म र हिन्दू राष्ट्रवाद’ जस्ता मुद्दाले प्रभावित पनि पार्ने गरेको विश्लेषकहरू बताउँछन्।
यी सब हुँदाहुँदै पनि राजधानी नयाँदिल्लीका मतदाता भाजपाले परिभाषित गरेको राष्ट्रवादी रापको भने कुनै प्रभावमा आफूहरुमा नपरेको सन्देश मोदीलाई दिइसकेका छन्।
(यहाँ क्लिक गरी भारतको दिल्ली विधानसभा चुनावको ताजा नतिजा प्राप्त गर्न सकिनेछ।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।