बलिउड स्टार सलमान खानको नयाँ फिल्म ‘कभी इद, कभी दिवाली’को लिड हिरोइन फाइनल भएको छ। फिल्ममा ‘हाउसफुल–४’ कि अभिनेत्री पूजा हेगडे फाइनल भएकी हुन्।
बलिउडका फिल्म समीक्षक एवम् व्यापार विश्लेषक तरण आदर्शले फेसबुक र ट्विटरमा पूजाको तस्बिर सेयर गर्दै फिल्ममा उनी खेल्ने पक्का भएको जानकारी दिएका हुन्।
फेमिली ड्रामा भनिएको यो फिल्म अहिले वर्कशपको चरणमा छ। फिल्मका निर्माता साजित नाडिवालाले मुम्बई मिररलाई बताएअनुसार यो फिल्ममा पूजा सलमानकी प्रेमिकाको भूमिकामा हुनेछिन्। र, फिल्ममा उनको स्वभाव सलमानको पात्रभन्दा विल्कुल फरक हुनेछ।
यो फिल्मलाई फरहद सामजीले निर्देशन गर्दैछन्। यसअघि ‘हाउसफुल ४’ को निर्देशन समेत उनैले गरेका थिए। सलमानको यो नयाँ फिल्म सन् २०२१ को इदमा रिलिज हुने तयारीमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।