एजेन्सी- २०१९ को अन्त्यतिरबाट फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ।
मंगलबारसम्ममा १ हजार १६ जनाको उक्त भाइरसबाट संक्रमित भई मृत्यु भएको जनाइएको छ।
यसैगरी कोरोनाबाट अहिलेसम्ममा ४२ हजार ६ सय ३८ जना संक्रमित भएका छन्।
सोमबार मात्र चीनको हुवेइ प्रान्तमा उक्त भाइरसबाट संक्रमित भई १०३ जनाको मृत्यु भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।