नयाँ दिल्ली- दिल्ली विधानसभा चुनावकाे मतगणना जारी छ। बिहानबाट सुरु भएकाे मतगणनाको प्रारम्भिक नतिजाहरुमा अरविन्द केजरीवाल नेतृत्वको सत्तासिन आम आदमी पार्टी अगाडि देखिको छ।
आम आदमी पार्टी ५७ सिटमा अगाडि देखिएको छ। प्रतिष्पर्धी मानिएको भारतीय जनता पार्टी (भाजपा) १३ सिटमा अगाडि छ।
मत सर्वेक्षणहरुमा पनि विधानसभाको चुनावमा आम आदमी पार्टीले नै नयाँ सरकार गठन गर्ने देखाएको थियो। ती सर्वेक्षणहरुमा ६६ सिटमा आम आदमी पार्टी विजयी हुने देखाएको थियो।
गत निर्वाचनमा आम आदमी पार्टीले ६७ सिट जितेको थियो। दिल्ली विधानसभामा ७० सिटका लागि दलहरूबीच प्रतिष्पर्धा छ।
मतगणना केन्द्रहरुको बाहिर कडा सुरक्षा व्यवस्था गरिएको छ। मतगणना पारदर्शी बनाउन सबै गणनास्थलमा सीसीटीभी क्यामेरा जडान गरिएको छ।
आज ६७२ उम्मेदवारहरूको राजनीतिक भाग्यकाे फैसला हुने छ। दिल्ली विधानसभाकाे ७० सिटका लागि ८ फेब्रुअरीमा मतदान भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।