काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बस्दैछ।
दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक र प्रतिवेदनहरु प्रस्तुत गर्ने संभावित कार्यसूची छ। तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण लगातार स्थगित हुँदै आएको बैठक आज पनि चल्ने सम्भावना कम छ।
बैठक संचालन भएमा आज कारागार विधेयक २०७६ बैठकमा पेश हुनेछ भने नेपाल इन्जिनियरिङ परिषद (पहिलो संशोधन) विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
प्रमाण (दोस्रो संसोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन र बिउ बिजन (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।