नयाँ दिल्ली- दिल्ली विधानसभा चुनावकाे मतगणना मंगलबार बिहान ८ बजेदेखि सुरु हुँदैछ।
मुख्य निर्वाचन अधिकारीको कार्यालयले मतगणनाका लागि तयारी पूरा भएकाे जनाएकाे छ। मतगणना केन्द्रहरुको बाहिर कडा सुरक्षा व्यवस्था गरिएको छ।
मतगणना पारदर्शी बनाउन सबै गणनास्थलमा सीसीटीभी क्यामेरा जडान गरिएको छ। दिउँसो १२ देखि १ बजेसम्म दिल्लीमा कसले सरकार बनाउने छ भन्नेबारे स्पष्ट हुने भारतीय सञ्चार माध्यमले जनाएका छन्।
आज ६७२ उम्मेदवारहरूको राजनीतिक भाग्यकाे फैसला हुने छ। मुख्य प्रतिस्पर्धा अरविन्द केजरीवालको सत्ताधारी आम आदमी पार्टी र भाजपाबीच छ। आम आदमी पार्टीले मतदानपछिका विभिन्न एग्जिट पोलमा सबैभन्दा बढी सिट पाउने अनुमान गरिएको थियो।
एग्जिट पोलअनुसार आम आदमी पार्टीले आरामदायी सरकार गठन गर्ने छ, तर भाजपा अध्यक्ष मनोज तिवारीले दिल्लीको चुनावमा भाजपाले ४८ सीट पाउने दाबी गरेका छन्।
दिल्ली विधानसभाकाे ७० सिटका लागि ८ फेब्रुअरीमा मतदान भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।