एजेन्सी- विभिन्न मुलुकबाट चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा बस्दै आएका कुल २७ व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको चीनको विदेश मन्त्रालयले सोमबार जनाएको छ। बिरामीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने तीन जना उपचारपछि घर फर्किएका छन्।
मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण भएका २२ जनालाई अस्पतालमा राखेर उपचार सेवा प्रदान गरिराखिएको छ। एक चिनियाँ मूलका अमेरिकी र एक जापानी नागरिकको सङ्क्रमणका कारण चीनमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता कङ सुवाङले बताए।
चिनियाँ मूलका अमेरिकी र एक जापानी नागरिकको सङ्क्रमणका कारण क्रमशः फेब्रुअरी ६ र ८ गते हुबेईको वुहानमा निधन भएको थियो। चिनियाँ स्वास्थ्यकर्मीले अन्तिम समयसम्म उपचार सेवा दिएपनि उनीहरूलाई बचाउन नसकिएको कङले बताए।
चिनियाँ पक्षले उनीहरूको मृत्युबारे कूटनीतिक माध्यमबाट परिवारलाई जानकारी गराएको र समवेदना प्रकट गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।