काठमाडौं- त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी भएपछि अन्तर्राष्ट्रिय उडान केही समय प्रभावित हुने भएका छन्।
सोमबार साँझ भएको आगलागीका कारणा यात्रुहरू तितरबितर भएकाले उडान प्रभावित भई ढिलो हुन सक्ने विमानस्थल कार्यालयले जानकारी दिएको हो।
'आगलागीका कारण यात्रुहरू तितरबितर भएका छन्। उनीहरू पुनः जम्मा हुन समय लाग्ने भएकाले सोमबारका बाँकी उडानको सेड्युल प्रभावित हुने भएको छ। आगलागी तत्कालै नियन्त्रणमा लिइएकाले उडान नै रद्द गर्नुपर्ने अवस्था छैन,' विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीले नेपाल लाइभसँग भने।
सोमबार विमानस्थलको अन्तर्राष्ट्रिय उडान कक्षतर्फको कफीसपमा आगलागी भएको थियो।
विद्यत् तार सट भएर सुरु भएको आगलागी तत्कालै नियन्त्रणमा लिन सफल भएको विमानस्थल प्रमुख केसीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।