काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्या कामदारबाटै भएको पुष्टि, सिसिटिभीमा देखियो आक्रमणको फुटेज, भान्छा कोठामा पिर्काले हानेर अचेत बनाएपछि चौधरीद्वारा आत्महत्या ।
२) मानव बेचविखन फसाउने हतियार बन्न नसक्ने सर्वोच्चको नयाँ व्याख्या, आरोपित अदालत नगए पनि सफाइ पाउने, ३ अदातलमा ६ वर्ष बहसपछि शोभा बादी निर्दोष ठहर ।
३) नेपाल ट्रष्टको मातातीर्थ र थानकोटको १ सय ७० रोपनी जग्गा पनि व्यक्तिका नाममा, तत्कालीन प्रधानमन्त्री डा. भट्टराई नेतृत्वको सरकारले मोहीको नाममा दर्ता गरेको खुलासा ।
४) ए डिभिजन लिग फुटबलमा आर्मी र मछिन्द्रको लुकामारी, मछिन्द्र फेरि शीर्ष स्थानमा उक्लियो, अर्को खेलमा च्यासलसँग पराजित सरस्वती युथ क्लब बि डिभिजन लिगमा घटुवा ।
५) र, कोरोनाभाइरसका कारण एकैदिन ९७ जनाको मृत्यु, नयाँ सङ्क्रमणको संख्या स्थिर, नयाँ भाइरसको प्रकोपबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य सङ्गठनले विशेषज्ञहरूको टोली बेइजिङ पठायो ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।