वुहान- गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको नोबल कोरोना भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमा मृत्यु हुनेको संख्या ९ सय नाघेको छ।
यस भाइरसबाट अहिलेसम्म ९ सय ८ व्यक्तिको मृत्यु भएको छ भने ४० हजारभन्दा बढी मानिस सङ्क्रमित छन्।
त्यसैगरी १ लाख ८७ हजार ५ सय १८ जना प्रत्यक्ष निगरानीमा भएको जनाइएको छ।
यस भाइरसको सुरुवात भएको प्रमुख स्थानको रुपमा रहेको हुबेई प्रान्तमा आइतबारसम्म मात्र यस भाइरसबाट २ हजार ६ सय १८ जना सङ्क्रमित भएको बताइएको छ।
आइतबार एकै दिनमा ९१ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।