काठमाडौं- अभिनेत्री शिल्पा पोख्रेल लामो समय सुटिङ सेटबाट टाँढै बसिन्। निर्माता छवि ओझासँग भएको लफडाले उनलाई काम गर्ने वातारण बनिरहेको थिएन। निर्माता पति छविराज ओझाले नै उनलाई यातना दिएका थिए। त्यसपछि उनी खासै बाहिर पनि निस्किन्न थिइन्।
तर, पछिल्लो समय उनी फिल्मी कार्यक्रममा पनि निर्धक्क भएर सहभागी हुन थालेकी छिन्। अन्तरवार्तामा रम्न थालेकी छिन्। उनलाई हेर्दा लाग्छ, उनले त्यो घट्नालाई विस्तारै भुल्दै गएकी छिन्। उता निर्माता ओझा भने अझै सार्वजनिक रुपमा हिड्न सकिरहेका छैनन्। तर, शिल्पा भने फेरि आफ्नो पेशामा सक्रिय बन्न थालेकी छिन्।
पछिल्लो समय उनी म्यूजिक भिडियो छायांकन गर्न व्यस्त देखिन्छिन्। सामाजिक संजालमा उनका पोस्ट देख्दा लाग्छ, मनभित्रको घाउ विस्तारै पुरिँदैछ। सायद आफ्नो पेशामा सक्रिए भएकी उनको मुहारमा नयाँ खुशी थपिएको छ !
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।