• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा ढिलाइ भएपछि आरोप-प्रत्यारोप

64x64
नेपाल लाइभ सोमबार, माघ २७, २०७६  १०:५५
1140x725

राजविराज– सप्तरीमा बन्न लागेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा भइरहेको ढिलाइका विषयमा आरोप-प्रत्यारोप सुरु भएको छ।

राष्ट्रियसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले तत्कालीन स्वास्थ्य मन्त्रीकै कारण प्रतिष्ठान निर्माणको काममा ढिलो भएको आरोप लगाएका छन्। नेपाल राष्ट्रिय वाणिज्य संघ सप्तरीले आइतवार राजविराजमा आयोजना गरेको ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अन्तर्क्रिया’मा बाेल्दै प्याकुरेलले पूर्वमन्त्री उपेन्द्र यादवमाथि यस्तो आरोप लगाएका हुन्। यादवले प्रतिष्ठान निर्माणको प्रस्ताव मन्त्रिपरिषद् बैठकमै नलगेको प्याकुरेलको आरोप छ।

‘प्रतिष्ठान निर्माणको कुराअघि बढेको यत्रो समय बितिसक्दा पनि त्यो प्रस्ताव क्याविनेटमा किन गएन, यहाँका नागरिकले सोध्नुपर्छ,’ उनले भने। प्रतिष्ठान निर्माणको कामलाई अनावश्यक राजनीतिकरण गरिएको भन्दै उनले दुःख व्यक्त गरे।

प्रदेश २ को प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै घोषणा गरेको विषयलाई जसलिने होडवाजीले अन्याेलपूर्ण बनाएको उनको भनाइ छ। ‘कहिले अन्यत्र सार्ने षडयन्त्र भयो भन्छन्, कहिले बन्नै दिँदैनन भन्छन्,’ उनले थपे, ‘सरकारले घोषणा गरेको प्रतिष्ठान निर्माणको काम कसैले रोकेर राकिदैन।’

आवश्यक सम्पुर्ण प्रक्रिया पूरा भएको र स्वास्थ्य, वन र गृह हुँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पुगेर प्रतिष्ठान निर्माणको फाइल अड्किएको प्याकुरेलले जानकारी दिए। ‘भूमि सुधार मन्त्रीसँग कुरा भएको छ, आउँदो मन्त्रिपरिषद् बैठकबाट जग्गाको कुरा टुङ्गिने वचन दिनु भएको छ,’ उनले भने,‘प्राविधिक विषय बाहेक राजविराजमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने कुरा परिवर्तन हुँदैन।’ 

तत्कालीन उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भूमाफियाका कारण प्रतिष्ठान निर्माणको कामअघि नबढेको बताए। समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले आइतवार राजविराजमै आयोजित अर्को अन्तरक्रिया कार्यक्रममा बाेल्दै प्रतिष्ठान बन्ने भएपछि जग्गा दलाल सल्वलाएको र जग्गामा किचलो खडा गरी कामअघि बढ्न नदिएको उनले बताएका थिए।

सरकारले ४० करोड वजेट छुट्याए पनि खर्च गर्ने बाटो नखुलेको भन्दै स्थानीय चिन्तित् छन्। प्रतिष्ठान निर्माणका लागि अर्थ मन्त्रालयले कार्यालय व्यवस्थापनतर्फ ५० लाख रुपैयाँ र भौतिक पूर्वाधार निर्माणका लागि ४० करोड रुपैयाँ छुट्याएको छ। गत जेष्ठ १२ गते प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको कार्यालयसमेत स्थापना भएको छ। प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा. रोहित पोख्रेल नियुक्त भएका छन् भने स्वास्थ्य मन्त्रालयले काठमाडौंस्थित वीर अस्पतालका वरिष्ठ जनरल फिजिसियन एवम् डाइबिटोलोजिस्ट प्रा डा सञ्जयकुमार ठाकुरलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ।

तर, पूर्वाधार निर्माण गर्न राजविराज नगरपालिका–१० स्थित बिरौलमा तयार गरिएको ६२ बिघा जग्गामै समस्या देखिएपछि काम अघि बढेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी आयो समस्या
राजविराज नगरपालिकाले प्रतिष्ठानलाई दिन तयार गरेको जग्गाको केही भाग त्यसअघि नै ‘कृषि हाटबजार’ संचालनका लागि राजविराजस्थित ग्लोबल बहुमुखी सहकारी संस्थालाई दिने गरी सम्झौता भएको थियो। बिरौलस्थित हुलाकी मार्गबाट पूर्वतर्फको सोहि जग्गासमेत मिलाएर हाल प्रतिष्ठानलाई दिने निर्णय भएको छ।

सहकारीसँग भएको सम्झौता हालसम्म नगरपालिकाले रद्द गरेको छैन। सो जग्गा र अन्य केहि प्राविधिक समस्याका कारण जग्गाको फाइल मन्त्रालयमा अड्किएको जानकारहरु बताउँछन्। तर, सो जग्गामा प्रतिष्ठान बन्ने भएपछि सहकारीले नै साधारणसभाबाट उक्त जग्गामा दावी नगर्ने र कृषि हाटबजार बनाउने विषयलाई स्थगित गर्ने निर्णय गरेको ग्लोबल बहुमुखि सकारी संस्थाका अध्यक्ष सुखराम यादव बताउँछन्।

‘स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशवासीको माग हो, त्यस्तो काममा हामी किन बाधा गर्छौं?’ अध्यक्ष यादवले भने, ‘कानुनी प्रक्रियामा नगरपालिका आफैं चुकेको छ, हामीले कुनै बाधा गरेकाे छैन।’ आफनो तर्फबाट जग्गाको विषयमा कुनै उजुरी र गुनासोसमेत नगरेको उनले दाबी गरे।

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा देखिएको अवरोधका कारण स्थानीयवासी भने आक्रोशित हुँदै गएका छन्। ‘सप्तरीका जनतालाई ललिपप देखाएर झुक्याउने गरिएको छ, यस पटक त्यस्तो नहोस्’ सप्तरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर दासले भने, ‘यदि त्यस्तो भयो भने हामी नेताहरुकै घरमा धर्ना बस्छौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रतिष्ठान निर्माणमा दबाब दिन गत माघ ३ गते सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानको संयोजकत्वमा समन्वय तथा संवाद समितिसमेत गठन भएको छ। संघीय मन्त्रिपरिषद्ले निर्णय गरेको १ वर्ष बितिसक्दा पनि सामान्य समस्याका कारण प्रतिष्ठान निर्माणको काममा कुनै प्रगति नदेखिएकाले ढिलासुस्तीको यथार्थ पहिचान गरी सहज वातावरण तयार गर्न समिति गठन गरिएको संयोजक प्रधानले बताए।

प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  १०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? उनले यसअघि केपी शर्मा ओली, सुशीला कार्की र वर्तमान सरकारको समेत आलोचना गर्दै आएको उल्लेख गरे । व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा भए पनि... शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूल... शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो । शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्