काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक साेमबार बस्दैछ।
पार्टीको आगामी १४औँ महाधिवेशनको तयारीलगायत समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेकाे हाे। बैठकमा महाधिवेशनको तयारी स्वरुप विभिन्न समिति गठनको प्रस्ताव प्रस्तुत हुनेछ।
यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टी उपसभापति विजय गच्छदारलाई ललिता निवास जग्गा अनियमिततामा मुद्दा चलाएकाे विषयमा पनि बैठकमा छलफल हुनेछ। कांग्रेसले जग्गा प्रकरणमा अख्तियारले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेतालाई उन्मुक्ति दिएकाे तर अन्य राजनीतिक दलका नेतालाई मुद्दा चलाएकाे भन्दै सदन र सडकबाट विराेध गरिरहेकाे छ।
नेता दिलेन्द्रप्रसाद बडुले भने ‘यो विषयमा हाम्रो केन्द्रीय समितिको बैठकमा छलफल गर्छौं। उपयुक्त निकास दिन्छौं।’
कांग्रेसले आगामी २०७७ साल फागुन ७ गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।