एजेन्सी- कोरोना भाइरसको महामारीबाट प्रभावित चीनको वुहानबाट बेलायतले आइतबार अन्तिम पटक आफ्ना नागरिकको उद्धार गरेको छ।
बेलायतले यसअघि नै त्यस क्षेत्रबाट आफ्ना करिब १ सय ५ नागरिकको उद्धार गरिसकेको छ। बेलायती शाही सेनाको विमानमार्फत् कोरोना भाइरस संक्रमणको केन्द्र वुहानबाट २ सय बेलायती नागरिकको उद्दार गरिएको हो।
उद्धार गरेर ल्याइएका उनीहरुलाई बेलायती सहर मिल्टन किनेसमा रहेका सम्मेलन केन्द्र होटेलमा १४ दिन राखिने छ। उद्धार गरेर ल्याइएका नागरिकहरुले अनुहारमा मास्क र शरीर ढाक्ने गरि विशेष खालका पोसाक पहिरिएका थिए।
उद्धार गरिएकामध्ये ९५ जना युरोप क्षेत्रका नागरिक थिए ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।