Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'हाम्रो उद्धार जति ढिला हुन्छ, उति संक्रमित हुने जोखिम छ'

‘आइसोलेसन र क्वारेन्टाइनबारे बुझ्नुस्, जथाभावी त्रास नफैलाउनुस्’
64x64
नेपाल लाइभ आइतबार, माघ २६, २०७६  १८:४६
1140x725

नमस्कार, मेरो नाम डा प्रिन्स रौनियार, हाल चीनको हुबेइ प्रान्तमा मास्टर्स पढ्दैछु। 

गत डिसेम्बरको मध्यबाट यो प्रान्तमा सुरु भएको कोरोना भाइरसले ठूलो रुप लिइरहेको छ, जसबाट हालसम्म ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा हामी बसेको वुहान सहरकै मानिस बढी छन्। बाहिर मर्नेको संख्या एकदमै थोरै छ। वुहानलाई तत्काल लकडाउन (निषेधित क्षेत्र) घोषणा गरेर बाहिर जान रोक लगाएपछि बाहिर धेरै संक्रमण फैलन पाएन।

श्वासप्रश्वास प्रणालीलाई प्रभावित पार्ने यो भाइरस चमेरोबाट मानिसमा सरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अमेरिकी सीडीसीले पनि पुष्टि गरिसकेका छन्। यसको संक्रमण मानिस–मानिसबीच एयर ड्रपलेट्स (संक्रमित मानिसले हाँछ्यु गर्दा नजिकको हावामा फैलने थोपाहरु) र स्पर्शबाट फैलन्छ।  कुनै स्थानमा यो भाइरस दिसामा पनि भेटिएको खबर छ। तर यो रोग हावाबाट कहिल्यै फैलन सक्दैन किनकि यस्ता किटाणु हावामा बाँच्न सक्दैनन्। यो भाइरसलाई बोक्न जीवजन्तु वा मानिस नै चाहिन्छ।

यो भाइरसको हुर्कने अवधि (इन्क्युबेसन) १४ दिन भनिएको छ। यसको अर्थ यदि एउटा स्वस्थ मानिसलाई संक्रमण भएको खण्डमा लक्षण देखिन संक्रमण भएको १ दिनदेखि १४ दिनसम्म लाग्न सक्छ। कसैले छिटो लक्षण देखाउछन् भने कसैले ढिला। यसको अर्थ कोरोना भाइरस लक्षण नदेखिएका मान्छेले पनि फैलाउन सक्ने देखियो।

सबैले बुझ्नुपर्छ क्वारेन्टाइन र आइसोलेसन भनेको के हो?
यदि संक्रमण फैलिएको ठाउँमा बस्दै आएका मानिस आफ्नो देश फर्किनु परे स्वदेशको स्वास्थ्य निकायले उनलाई स्वास्थ्य जाँच गरि संक्रमणको लक्षण छ–छैन भनेर हेर्छ। लक्षण नदेखिए तिनलाई यस्तो व्यवस्थित ठाउँमा राखिन्छ, जहाँ बाहिरी मान्छेसँग निकट सम्पर्क नहोस्। इन्क्युबेसन अवधि सम्मका लागि व्यक्तिलाई कडा निगरानीमा राखिन्छ। उदाहरणका लागि कोरोना भाइरसलाई लिन सकिन्छ। यसको इन्क्युबेसन अवधि १४ दिन हुन्छ। यदि वुहानबाट नेपाल फर्कने मानिसलाई विमानस्थलमा स्वास्थ्य जाँच गर्दा  लक्षण नदेखिए पनि १४ दिनका लागि क्वारेन्टाइनमा निगरानीमा राखिन्छ।

डा प्रिन्स रौनियार​​​​​

यदि यो १४ दिनमा लक्षण देखिएन भने पूर्ण रुपमा ढुक्क भएर समाजमा घुलमिल गर्ने अनुमति दिइन्छ। किनकि ती व्यक्तिमा संक्रमण भएको छैन भन्ने पुष्टि हुन्छ। तर यदि १४ दिनभित्रै संक्रमणको लक्षण देखिए तुरुन्त एउटा अस्पतालमा लगिन्छ र आइसोलेटेड वार्डमा राखिन्छ। अस्पतालमा संक्रमितलाई कसैले छुने अनुमति हुँदैन। यसलाई आइसोलेसन भनिन्छ। 

नेपालमा अहिलेसम्म आफ्नो जनतालाई क्वारेन्टाइनमा राखेको अनुभव छैन। त्यसकारण हामीलाई उद्धार गर्न ढिलाइ भएको बुझ्न सकिन्छ। नेपाली समाजमा विरोध हुनु स्वाभाविक पनि हो, किनभने नेपालमा क्वारेन्टाइन र आइसोलेसन बारेमा नै पूर्ण जानकारी छैन। तर नयाँ कुरा सबैले सिक्नुपर्छ  र जान्नु पर्छ।

कुरा गरौं यसको उपचारका बारेमा
नेपालमा विज्ञले नै भन्न गरेको सुनिएको छ– चीनले नै बचाउन नसकेका बेला नेपालले कसरी बचाउन सक्छ? एउटा कुरा सबैले बुझ्नु के जरुरी छ भने संसारमै यसको सटिक उपचार कुनै देशसँग पनि छैन। हाल यसको उपचार भनेकै लक्षणअनुसार बिरामीलाई औषधि दिनु हो। यसको अर्थ ज्वरो आए सिटामोल दिने, रुघाखोकी लागे त्यसअनुरुप औषधि दिने, श्वास फेर्न गा¥हो भने अक्सिजन दिने, निमोनिया लाग्यो भने त्यसअनुरुप औषधि दिने, आइसियुमा बिरामी राख्ने, र जरुरी परे भेन्टिलेटरमा राख्ने। 

Ncell 2
Ncell 2
nimb
nimb

के नेपालका अस्पताल यो उपचारका लागि सक्षम छैनन्? सबै देशमा यसरी नै उपचार भइरहेका बेला नेपाली विज्ञले यस्तो तर्क दिनु कहाँसम्म औचित्यपूर्ण छ?

अब हामी वुहानलगायत हुबेइ प्रान्तमा रहेका नेपालीको विषयमा कुरा गरौं। वुहानलगायत छेउछाउका सबै सहर लकडाउन भएको आज १७ दिन भैसकेको छ। यसको अर्थ हामीले इन्क्युबेसन अवधि पार गरिसकेका छौं र हामी सबै नेपाली अहिलेसम्म स्वस्थ छौं। हामीले आफूलाई कोठामा थुनेर राखेका छौं। समाजमा घुलमिल गरेका छैनौं। यदि कोही संक्रमित भएको भए अहिलेसम्म चीन सरकारले आफैं अस्पताल लगिसकेको हुन्थ्यो। तर हाम्रो आफ्नै  सतर्कताले गर्दा कोही पनि संक्रमित भएका छैनौं। कोही लुकेर बस्न सक्दैनन्।  

खानाको अभाव अहिले छैन किनकि हामीले एकैचोटी २-३ साता पुग्ने गरी सामग्री जुटाएर राखेका छौं। पानीको अभाव भने अवश्य छ। शुद्ध पानीसमेत पिउन नपाएको एक साता भइसकेको छ। धारामा आउने बोरिङ्गको पानी उमालेर पिउनु परेको छ। तर खाने सामग्री त बिस्तारै सकिन्छ र किन्न बजार जानैपर्छ। तर, यो बेला बजार जानु भनेको संक्रमणको जोखिम उठाउनु हो। 

अहिले हाम्रो उद्धार गर्न जोखिमपूर्ण छैन भन्ने कुरा तपाईहरुले बुझिसक्नु भयो भन्ने आशा गर्दैछु। तर अब जति ढिलो हुन्छ, त्यति नै हाम्रो संक्रमणको सम्भावना धेरै हुन्छ भनेर सबैले बुझ्नु पर्छ। उद्धारका क्रममा कोही पनि लुकेर भाग्न सक्दैन। किनभने चीनको वायु अड्डामा सबैको पूर्ण स्वस्थ जाँच हुन्छ र कसैमा संक्रमण देखिए तुरुन्त अस्पताल लगिन्छ र स्वदेश  फर्किने अनुमति पाउँदैन। चीनबाट नेपाल फर्किएपछि पुनः पूर्ण स्वास्थ्य जाँच गरिन्छ र संक्रमण देखिए आइसोलेसनका लागि अस्पताल लगिन्छ। संक्रमण नदेखिए पनि क्वारेन्टाइनका लागि व्यवस्थित ठाउँमा १४ दिनका लागि राखिन्छ। 

Xtrem

Xtrem

यति धेरै जाँचबाट हामी गुज्रिरहँदा कसरी कसैले हामीलाई ‘लिभिङ बायोलोजिकल बम’ को संज्ञा दिन सक्छ?

तर अहिले ‘लिभिङ बायोलोजिकल बम’ भनेका विनारोकटोक र स्वास्थ्य जाँच चीनका अन्य सहरबाट नेपाल भित्रिरहेका मानिस हुन्। त्यसरी भित्रिरहेका नेपाली, चिनिया र अन्य विदेशीमध्ये कोही पनि संक्रमित भएमा नेपालमा पनि फैलन सक्छ भन्ने कुरामा सरकारको ध्यानाकर्षण होस्। 

यो भाइरसको लक्षण तत्काल नदेखिन पनि सक्छ। यसको इन्क्युबेसन अवधि १४ दिनको हुन्छ। खुल्ला रुपमा नेपाल भित्रिसकेपछि यदि कसैमा लक्षण देखिए के गर्ने? नेपाल सरकार र जनताले वुहानलाई मात्र लक्षित गरि यिनीहरुलाई नेपाल भित्रिन दिनु हुँदैन भन्नु ठीक होइन। कोरोना भाइरस वुहानमा मात्र हैन पुरै चीनमा फैलिइसकेको छ। सरकारले त तुरुन्त चीनबाट नेपाल भित्रिने सबै मान्छेको कडा रुपमा स्वास्थ्य जाँच गर्नुपर्ने थियो। कतै ढिलो त भएन? यो स्थिति कदापि नआओस्। 

वुहानलगायत सबै हुबेइ प्रान्तका नेपाली अहिलेसम्म संक्रमित छैनन्, त्यसैले हामी डराएका छैनौ। तर यदि कसैलाई संक्रमण भैहालेमा हामी कति त्रसित हुन्छौ विचार गर्नुस। शवसमेत घरका मान्छेले हेर्न पाउँदैनन्। यो भाइरस ठीक हुन कम्तिमा पनि २–३ महिना लाग्न सक्छ। अब हामी लामो समय थुनिएर बस्न सक्दैनौ। खानाको अभाव भएपछि बजारमा निस्कन  पर्ने हुन्छ । अहिले त जसोतसो बसेकै छौ । तर भविष्यलाई मध्यनजरमा राखेर सोचौं हाम्रो के हुन्छ स्थिति? सबै मुलुकले यो कुरा सोचेरै आफ्ना जनताको उद्धार गरिसके। हामीले कहिले बुझ्ने? गर्मीसँगै यो भाइरसको प्रकोप घट्ने तर्क आइराखेको छ। के अब हामीले गर्मी महिना नै कुर्नुपर्ने हो त? 

सरकारले तुरुन्त उद्धार नगरेकोमा दुःख लागेको छैन, न त जनताको विरोधले नै दुःख लागेको हो। अझ बढी दुःख लाग्यो नेपालका ‘विज्ञ’ डाक्टरहरुको तर्कले। उनीहरुले यसबारेमा राम्ररी बुझेर आफ्नो तर्क दिनुपर्थ्याे।  कोही भन्छन्– नेपालले उपचार गर्न सक्दै सक्दैन। कोही भन्छन्– चीनमै छाडेको राम्रो। कोही क्वारेन्टाइनमा राखेर केही काम लाग्दैन भन्छन् ।  कोही भन्छन् उनीहरु ‘लिभिङ बायोलोजिकल बम’ हुन्। यी तर्क विभिन्न डाक्टरका हुन्। 

त्यसैले तपाइहरुसँग विनम्र अनुरोध छ, यो विषयलाई गम्भीरतापूर्वक लिएर विचार गर्नुस्, सम्झनुस र सम्झाउनुस्। क्वारेन्टाइन र आइसोलेसनको अर्थ सम्झिनुस् र सम्झाउनुस्, यसरी जथाभावी तर्क–वितर्कले त्रास नफैलियोस्। यो विषयमा सरकारको ध्यानाकर्षण होस्।

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १८:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्