काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ।
आइतबार प्रधानमन्त्रीले अध्यक्षता गर्ने राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकको कार्यक्रम पनि छोट्याएर उनी बाहिरिएका थिए। उनी आफैंले स्वास्थ्यमा समस्या आएको बताएका थिए।
बैठकबाट बाहिरिनुअघि उनले बैठकमा संक्षिप्त सम्बोधन गर्दै स्वास्थ्यमा समस्या आएको बताएका हुन्।
'मेरो स्वास्थ्यमा समस्या आएकाले अब बैठकको अध्यक्षता माननीय उपप्रधानमन्त्रीले गर्नुहुनेछ,' उनले भने, 'अन्तिममा उहाँले नै मेरो तर्फबाट केही कुरा राख्नुहुनेछ।'
प्रधानमन्त्रीले नै बैठकको अध्यक्षता गर्ने र अन्तिममा जवाफ दिने परिपाटी थियो।
सोमबारको बैठकको कार्यक्रम पनि त्यसरी तयारी गरिएको थियो।
नेकपा केन्द्रीय कमिटीको बैठकका कारण स्थगित भएको बैठक आइतबारका लागि बोलाइएको थियो।
प्रधानमन्त्री कार्यक्रमबाट बाहिरिएपनि बैठक भने चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।