काठमाडौं– थाइल्याण्डमा ब्याच्लर्स पार्टी मनाएर नायिका प्रियंका कार्की अहिले पेरिस पुगेकी छिन्। उनीसँगै उनको प्रेमी तथा नायक आयुश्मान देशराज जोशीसमेत पेरिस पुगेका छन्।
प्रियंकाको इन्स्टाग्राम अहिले पेरिसमा खिचिएका तस्बिरले भरिएका छन्। एक तस्बिरमा आइफेल टावरलाई मध्यभागमा पारेर उनले जोशीलाई लिप किस गरेकी छिन्।
सो तस्बिरमा उनको खुट्टामा ट्याटु देखिन्छ। उनलाई इन्स्टामा पच्छ्याउने अधिकांशले त्यो ट्याटु के हो भनेर जिज्ञासा राखेका छन्। कतिपयलाई भने उनको लभपोज मन परेनछ। त्यसैले नाटकै बेसी भनेर प्रतिकृया दिनेहरु पनि छन् इन्स्टामा।
प्रियंकाले केही प्रतिकृया भने लुकाएकी छिन्। २ वर्ष अगाडि नै उनले जोशीसँग इन्गेजमेन्ट गरे पनि विवाहको मिति भने अझै सार्वजनिक भएको छैन। अमेरिका बसाइका क्रममा त्यतै विवाह गरेकी उनी डिभोर्सपछि नेपाल फर्किएकी थिइन्। ३ वर्ष अगाडि जोशीसँग उनको सम्बन्ध सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।