काठमाडौं– फिल्म 'सेल्फी किङ' ले सेन्सर बोर्डको निर्देशन अवज्ञा गरेको खुलेको छ।
फिल्म निर्माण पक्षले फिल्म सेन्सरका लागि बुझाउँदा फिल्ममा प्रयोगका भएका अश्लील शब्द नबुझिने गरी बिप ध्वनी राख्न निर्देशन दिइएको थियो।
तर शुक्रबार हलहरुमा लागेको फिल्ममा यस्ता शब्द प्रष्टै बुझिने गरी नै प्रदर्शन गरिएका छन्। स्रोतका अनुसार फिल्ममा मदिराको ब्राण्ड नबुझिने गरी ब्लर गर्नसमेत बोर्डले निर्देशन दिएको थियो। तर फिल्म निर्माण टिमले बोर्डको सो निर्देशनसमेत पालना गरेको छैन।
बोडैले दिएको निर्देशन पालना नै नगरी फिल्म रिलिज गरेको खुलेपछि बोर्डले सो फिल्मको निर्माण समूहलाई कारबाहीको तयारी गरेको स्रोतले जानकारी दियो।
विपिन कार्की लगायतका कलाकारको अभिनय रहेको फिल्म कमजोर हुँदा यसको व्यापार सुस्त छ। एकातिर दर्शकले फिल्म रुचाएका छैनन्। अर्कोतिर बोर्डको निर्देशन अवज्ञा गर्दा कारबाहीको जोखिममा समेत फिल्म निर्माण पक्ष परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।