काठमाडाैं- ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतालाई उनमुक्ती दिएकाे र अन्यलाई राजनीतिक दलका नेतालाई पूर्वाग्रहका आधारमा मुद्दा चलाएकाे विराेधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे भातृ संगठन तरुण दलले प्रदर्शन गरेकाे छ।
दरुण दलले काठमाडाैंकाे माइतीघरमा विराेध प्रदर्शन गरेकाे हाे। माइतीघबाट सुरु भएकाे विराेध र्याली नयाँबानेश्वरसम्म पुग्ने छ तरुण दलले जनाएकाे छ।
यसैगरी कांग्रेसका भातृ संस्थाले देशैभरका जिल्ला सदरमुकाममा पनि विराेध प्रदर्शन गर्दै छन्।
ललिता निवास जग्गा प्रकरणमा अख्तियारले सत्तारुढ दलका नेतालाई उन्मुक्ति दिएको तर कांग्रेस उपसभापति विजय गच्छदारलाई आरोपी बनाउँदै मुद्दा चलाइएको भन्दै कांग्रेसका भ्रातृ संस्था विराेधमा उत्रिएका हुन्।
पार्टी पदाधिकारीले केन्द्रीय कार्यालय सानेपामा भ्रातृ संस्थालाई अख्तियारको कदमविरुद्ध सडकमा उत्रन निर्देशन दिएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा एउटै निर्णयमा सहभागी केहीलाई मुद्दा दायर गरेको र केहीलाई उन्मुक्ति दिएको भन्दै कांग्रेसले पनि विरोध जनाउँदै आएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।