नयाँ दिल्ली– शनिबार सम्पन्न दिल्ली विधान सभाको निर्वाचन आम आदमी पार्टीले नै जित्ने एक्जिट पोलहरुले देखाएका छन्।
मुख्यमन्त्री अरविन्द केजरीवालको पार्टीले बहुमत ल्याउने सम्भावना बलियो रहेको इन्डिया टूडे एक्सिस माइ इन्डियाको एक्जिट पोलले देखायो।
सन् २०१५ मा ७० मा ६७ सिट जितेको आम आदमी पार्टीले यसपल्ट ५९ देखि ६८ सिट जित्ने सम्भावना देखिएको छ। भारतीय कंग्रेसले कुनै पनि सिट जित्न नसक्ने देखिएको छ भने भारतीय जनता पार्टीले २ देखि ११ सिट जित्न सक्ने सम्भावना छ।
एक्जिट पोलका अनुसार ५६ प्रतिशत आम आदमिले, बिजेपीले ३५ प्रतिशत र कंग्रेसले ५ प्रतिशत मत हासिल गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।