बैंकक- थाईल्यान्डको राजधानी बैंककको उत्तर-पूर्वस्थित नकोन रेटचासीमा सहरमा थाई सेनाका एक जवानले जथाभावी गोली चलाउँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो उनले सैनिक ब्यारेककै हतियार चोरी गरी सुरुमा आफ्नै ब्यारेकमा गोलीबारी गरेका थिए भने पछि सपिङ सेन्टरमा पुगेर समेत गोली वर्षाएका थिए।
रक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै बिबिसीले जकराफंथ थोमाले जथाभावी गोली चलाएको उल्लेख गरेको छ।
उनले आफ्ना कमान्डिङ अफिसरमाथि सुरुमा आक्रमण गरेको समेत बताइएको छ।
पछि उनले ब्यारेककै हतियार नियन्त्रणमा लिएर बैंककको उत्तर-पूर्वको सपिङ सेन्टर र बौद्ध मन्दिरमा समेत गोलीबारी गरेका थिए।
घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।