काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सत्तारुढ नेकपा महासचिव विष्णु पौडेलका छोरा र न्यायाधीश रेग्मीको जग्गा हतारहतार सरकारका नाममा, अदालती प्रक्रिया शुरु नहुँदै मुख्य सचिव रेग्मीकै निर्देशनमा शुक्रबार नामसारी ।
२) सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीसँगको सम्झौता रद्द गर्न मातहतका निकायलाई ऊर्जामन्त्रीको निर्देशन, वर्तमान सरकार गठन भएपछि समयमा काम नसक्ने प्रवृत्तिमा सुधार आएको दाबी ।
३) राष्ट्रपति भण्डारीद्वारा भूकम्पपछि पुनर्निर्माण भइरहेका सम्पदाको अवलोकन, वैशाख १२ भित्र धरहरा निर्माण गरिसक्ने लक्ष्यसहित काम अघि बढेको प्राधिकरणको दाबी ।
४) आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालको ऐतिहासिक जित, नेपालको घरेलु मैदानमा अमेरिका ३५ रनले पराजित, कुशलको विश्व रेकर्ड ।
५) र, कोरोना भाइरसको अतिप्रभावित क्षेत्र मानिने चीनको वुहानमा थप ११ हजार स्वास्थ्यकर्मी पठाइयो, भाइरसको सङ्क्रमणपछि मृत्यु भएका चिकित्सक लीको निधनबारे छानबिन हुने।
थप समाचार हेर्न यहाँ क्लिक गर्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।