स्याङ्जा- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धता भएको दोहोर्याएकी छन्।
स्याङ्जाको हरिनास गाउँपालिकास्थित मातृभूमि माध्यामिक विद्यालयको वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो।
मन्त्री अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धता अन्तर्गत नै भर्खरै सरकारले अख्तियारमार्फत् नयाँ कदम चालेको बताइन्।
'त्यसको शुरुवात स्वरुप अख्तियारबाट सरकारले कारबाही थालनी गरेको छ। सरकार भ्रष्टाचार शून्यमा झार्ने अभियानमा छ। यो हाम्रो प्रतिबद्धता हो,' मन्त्री अर्यालले भनिन्।
प्राविधिक शिक्षा आजको आवश्यकता भएको भन्दै उनले अब सबै विद्यालयहरुमा प्राविधिक शिक्षाको पढाइ हुनुपर्ने बताइन्।
शैक्षिक संस्थाहरुलाई बेरोजगार उत्पादनको केन्द्र बनाइन नहुने उनको भनाई थियो।
'विद्यालयहरुलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाउनु हुँदैन। विस्तारै सबै विद्यालयमा प्राविधिक शिक्षा लागू गर्ने सरकारको लक्ष्य हो,' उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।