काठमाडौं- पत्रकार नभेष चित्रकारले खिचेको तस्बिर ‘फोटो अफ द इयर ०७६’ घोषित भएको छ।
फोटो पत्रकार क्लबले आयोजना गरेको नेपाल फोटो प्रतियोगिता २०७६ मा चित्रकारले हाइड्रोसेफालुस रोगका कारण ज्यान गुमाएका बरियारपुर रौतहटका दुई वर्षीय बालक बजरंगी मिश्रले आफ्नी आमालाई मृत्युभन्दा केही पहिले हात हल्लाउँदै बिदा गर्दै गरेको तस्बिर फोटो अफ द इयर घोषित भएको हो।
.jpg)
त्यस्तै सुरज श्रेष्ठको फोटोले नेपाल स्माइल विधामा विजयी भएको छ। डेली लाइफ विधामा गोपेन राई, न्युज विधामा दिपेन श्रेष्ठ, नेचर एन्ड वाइल्ड लाइफमा नभेष चित्रकार, स्पोर्टस विधामा विकास द्वारे र फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथम भएको छ। यसबाहेक दिपेन श्रेष्ठले न्युज विधा, सुबिर थापाले कल्चर एन्ड टुरिजम विधामा जित हासिल गरेका छन्।
न्युज विधाकाे प्रथम। तस्बिर : दिपेन श्रेष्ठ
न्युज विधाकाे दाेस्राे। तस्बिर : इलिट जाेशी
न्युज विधाकाे तेस्राे। तस्बिर : केशव थापा
डेली लाइफकाे प्रथम। तस्बिर : गाेपेन राई
डेली लाइफकाे दाेस्राे। तस्बिर : राेबिक उपाध्याय
डेली लाइफकाे तेस्राे। तस्बिर : सुरज ताम्राकार
कल्चर एन्ड टुरिजमकाे प्रथम। तस्बिर : सुबिर थापा
स्पोर्टस विधाकाे प्रथम। तस्बिर : विकास द्वारे
नेपाल स्माइलकाे प्रथम। तस्बिर : सुरज श्रेष्ठ
नेचर एन्ड वाइल्ड लाइफकाे प्रथम। तस्बिर : नभेष चित्रकार
विजयी फाेटाेग्राफर तथा फाेटाे पत्रकारहरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।