काठमाडौं– ललिता निवास जग्गा प्रकरणमा अनियमितता गर्ने सबैलाई कारबाही गर्नुपर्ने माग गर्दै विरोधमा उत्रेका विवेकशील नेपाली दलका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बालुवाटारस्थित ललिता निवासको मुल गेटमा भ्रष्टचारीलाई रेड कार्डसहित विवेकशील दलका कार्यकर्ताले विरोध जनाएका थिए।
शनिबार बिहान भएको विरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको विवेकशील दलका अध्यक्ष मिलन पाण्डेले जानकारी गराए।
रन्जु दर्शना, शशि विक्रम कार्की, प्रमेश श्रेष्ठसहित ११ जना केन्द्रीय नेतालाई प्रहरीले नियन्त्रणमा लिएको पाण्डेले जानकारी दिए।
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।