काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियारको मिलेमतोको आशंका गरेका छन्।
एकै प्रकृतिको घटनामा कुनै व्यक्तिलाई उन्मुक्ति दिइएको र कुनैलाई मुद्दा दायर गरेको प्रति उनले आपत्ति जनाएका हुन्।
उनले भने, ‘केहीलाई मन्त्रिपरिषद्को नीतिगत निर्णय भन्दै उन्मुक्ति दिइयो र केहीलाई जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा चलाइएन।’ बालुवाटार जग्गा प्रकरणबाट उन्मुक्ति दिने र मुद्दा दायर गर्ने दोहोरो चरित्रले अख्तियारको विश्वसनियता र संवैधानिक स्वायत्ततामाथि प्रश्न उब्जिएको उनले बताए। अख्तियारकाे पछिल्लो कदम लोकतन्त्र र देशका लागि दुर्भाग्य हुने उनको ठहर छ।
वालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियारको मिलेमतो देखियो।केहीलाई मन्त्रिपरिषदको नितीगत निर्णय भन्दै उन्मुक्ती दिइयो र केहीलाई जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा चलाइएन।
यसले अख्तियारको बिस्वसनियता र संबैधानिक स्वायत्तता माथी प्रश्न उठेको छ।लोकतन्त्र र देशका लागी यो दुर्भाग्य हो।
— Dr Shekhar Koirala (@Shekharnc) February 8, 2020
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।