कुटपिटबाट घाइते प्रहरी
काठमाडौं- मदिराकाे मात लागेको एक समूहको कुटपिटबाट सिन्धुपाल्चोकमा दुई प्रहरी घाइते भएका छन्।
मदिरा पिएर अनियन्त्रित बनेको समूहले तितेपानीस्थित प्रहरी चौकीमा रहेका प्रहरीमाथि शुक्रबार आक्रमण गरेका थिए। रक्सी पिएर हो–हल्ला नगर्न सम्झाउनले प्रहरीमाथि उक्त समूह कुटपिटमा उत्रिएका थियो। मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा रहेकाे चौकीका प्रहरीमाथि कुटपिट भएकाे हाे।
कुटपिटमा गर्ने स्थानीय भएको बताइएको छ। कुटपिटबाट चौकी प्रमुख सन्तोष कुमार झा र हवल्दार हरिबहादुर मगर घाइते भएका छन्।
घाइते मध्ये एकलाई उपचारका लागि काठमाडौं पठाइएको सिन्धुपाल्चोका प्रहरी एसपी प्रज्वल महर्जनले जानकारी गराए। प्रहरी चौकी आक्रमणमा सम्लग्न एक स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हो हल्ला गर्ने समूहले प्रयोग गरेका ४ वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।