एजेन्सी- किम कार्दशियनका साथीहरुलाई उनको घरमा जान मन लाग्दैन। कारण उनको घर रित्तो छ अनी चिसो भुईंमा बस्नुपर्छ।
उनले घर ६० मिलियन डलरका किनेकी हुन्। तर उनले आफ्नो घरमा फर्निचरका सामान थोरै राखेकी छिन्।
अत्यावश्यक फर्निचरका सामानमात्रै छन्। त्यसैले उनको घरमा जानेहरु बस्नुपर्दा चिसो भर्याङमा बस्न बाध्य हुन्छन्।
उनको घरमा जो जो गए उनीहरुले अहिलेसम्म गएका घरहरुमध्ये सबैभन्दा असहज लागेको घर भनेर प्रतिक्रिया दिएका छन्। उनको घरमा बच्चाहरुका लागि खेलौना त छ तर खेल्दा बस्ने ठाउँ नै छैन।
उनका साथीहरुले किमलाई ‘अनि फर्निचर चैं कहिले ल्याउँछौ’ भनेर जिस्क्याउने गर्छन्। तर उनी यस्तैमा रमाइरहेकी छिन्। उनका चार सन्तान छन्। उनीहरु आफ्नो घर देखेर रमाइरहेका छन्। अनी उनीहरुको खुसीमै किम समेत खुसी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।