काठमाडौं- नोबल कोरोना भाइरसका कारण अहिले विश्व नै त्रासमा डुबिरहेको छ। हालसम्म कोरोना भाइरसका कारण ६ सय ३० जनाले ज्यान गुमाइसकेका छन् भने ३१ हजारभन्दा बढी मानिसहरू संक्रमित भएका छन्।
कोरोना भाइरस चीनबाहेक २५ देशमा फैलिसकेको छ। यसैलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले पनि विश्वस्तरमै स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ।
यसको संक्रमण फैलिन नदिन अमेरीकाले चीनबाट आउने र चीन भ्रमण गरेका सबै यात्रुहरुलाई अमेरिका प्रवेशमा रोक लगाएको छ। यसैगरी अन्य देशहरुले पनि उच्च सतर्कता अपनाइरहेका छन्।
विश्वमा कोरोना भाइरसबारे यसरी त्रास फैलिरहेका बेला चीनकै मित्रराष्ट्र नेपालमा भने अझै यसबारे पूर्ण सावधानी अपनाएको देखिँदैन। चीनबाट फर्केका एक नेपालीमा कोरोना भाइरसको संक्रमण भएको शुक्रराज ट्रपिकल अस्पतालले पुष्टि गरिसकेको छ। त्यसैले नेपाल सरकारलगायत सम्बन्धित सबैले यसबाट सुरक्षित हुने विषयमा ध्यान दिनु जरुरी देखिन्छ।
खुल्ला सिमाना भएको देश भएकाले पनि नेपालले धेरै नै सतर्कता अपनाउनुपर्ने देखिन्छ। सरकारले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको हाताभित्र जम्मा दुई ठाउँमा सूचना राखेको छ। त्यसमा पनि सर्वजानिक ठाउमा निस्किँदा वा काम गर्दा कसरी सावधानी अपनाउन सकिन्छ भन्नेबारे कुनै सन्देश राखिएको छैन।
छिमेकी देश चीनमा यो भाइरस फैलिएको र भारतमा पनि देखिइसकेकाले नेपालले उच्च सतर्कता अपनाउनु जरुरी छ।
(1).JPG)
(2).JPG)
(1).JPG)
(1).JPG)
(1).JPG)
(1).JPG)
(1).JPG)
(1).JPG)
(1).JPG)
(1).JPG)
(1).JPG)
(1).JPG)
(1).JPG)
(1).JPG)
(1).JPG)
(1).JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।