काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरसबाट सुरक्षित रहेको बताएका छन्। नेपाल व्यवस्थापन संघको ३९ औं वार्षिकोत्सव समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
‘नेपालमा कोरोना भाइरससँग कोही डराउनु पर्दैन, हामी सबै सुरक्षित छौं,’ उनले भने।
प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण रहेकाले लगानी गर्न पनि आग्रह गरे। उनले नेपालले तीव्र गतिको विकास गरिरहेको र ७ प्रतिशतभन्दा माथिको आर्थिक विकास हुने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।