• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ३०, २०८२ Sat, Mar 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

सेल्फी किङ : कमेडियनमाथिकै मजाक [फिल्म समीक्षा]

64x64
नेपाल लाइभ शुक्रबार, माघ २४, २०७६  २२:२०
1140x725

काठमाडौं- जतिबेला ‘सेल्फी किङ’को पोस्टर सार्वजनिक भयो, बजारमा हल्ला चल्यो, ‘यो त ‘जोकर’ जस्तै छ।’ हलिउड अभिनेता ज्याकिन फिनिक्सले निर्वाह गरेको जोकरको ‘लुक’सँग विपिन कार्कीले निर्वाह गरेको ‘सेल्फी किङ’को ‘लुक’ मिलेको आरोप लाग्यो। 

एक दिन चर्चित कमेडियन बन्ने सपना बोकेको तर बिरामी र बच्चाहरु हसाउँने ‘जोकर’को जागिरमा रमाइरहेको पात्रको कथा थियो- ‘जोकर’। 

मानसिक समस्या भएको यो पात्रमाथि सहरले कसरी मजाक उडाउछ, फिल्मले त्यो देखाएको थियो। त्यसैले ‘सेल्फी किङ’को प्रचार सामग्री हेर्दा कँहीकतै यो फिल्म पनि ‘जोकर’बाट प्रभावित त होइन भनेर शंका उठ्नु स्वभाविकै थियो।

फिल्म हेरेपछि यो ‘जोकर’बाट प्रभावित नभएको प्रष्ट हुन्छ। र यो फिल्म ‘जोकर’जस्तो उम्दा पनि छैन। बरु केही समयअघिमात्रै हास्य कलाकारमाथि बनेको ‘जोकर’ हेरेर रमाएका दर्शकलाई यसले निराश बनाउँछ।  

यो फिल्म खासमा चरित्रप्रधान छ, कथा उन्मुख होइन। फिल्मभित्र हास्य कलाकार गोपाल दाहाल उर्फ सेल्फी किङ (विपिन कार्की)को तीन दिनको यात्राको कथा छ। 

फिल्ममा पात्रहरुले प्रयोग गर्ने संवादबाटै प्रष्ट हुन्छ, उनी हास्य टिभी सिरियल ‘सेल्फी किङ’बाट गाउँ-गाउँमा लोकप्रियता कमाएका हास्य कलाकार हुन्। जो टिभीमा ‘जोकर’को हुलियामा आउँछन्। अनुहारमा मेकअप पोत्छन्, ओठमा लिपस्टिक। सेतो सर्टमाथि रातो टाइ लाउँछन्, अनि मुनी हाफपाइन्ट। बिहानैदेखि रक्सी पिउँछन्, घरमा श्रीमती हुँदाहुँदै बाहिर ‘बेबी’ बनाउँछन्।

यस्तो लाग्छ, उनी मुख बंग्याएर, जोसँग जहाँ पनि सेल्फी खिचेर दर्शक हसाँइरहेका, लोकप्रिय हास्य कलाकार हुन्। 

फिल्मको दृश्य सुरु हुन्छ, उनको घरबाट जहाँ उनकी आमा (भुवन चन्द) उनको सिरियल कुरेर बसिरहेकी छिन्। सँगै बुबा (लोकमणि सापकोटा)पनि छन्। सिरियलमा छोरालाई हेरेर हाँस्दाहाँस्दै बुबालाई एक्कासी ‘स्ट्रोक’ हुन्छ। 

Ncell 2
Ncell 2

त्यसपछि उनलाई अस्पताल भर्ना गरिन्छ। राति घर नआएर बाहिरै बसेका गोपाल खबर सुन्नासाथ अस्पताल पुग्छन्। आमा, दिदी, भिनाजु र उनकी पत्नी उनलाई कुरिरहेका हुन्छन्। 

डाक्टर (अमितेश शाह)ले  बुबालाई ‘ब्रेन ह्यामरेज’ भएको भन्दै अप्रेसन गर्नुपर्ने अवस्था सुझाउँछन् तर गोपाललाई व्यक्तिगत रुपमा बुबा केही दिनमात्रै बाँच्ने देखिएकाले अपरेशन नगर्न सल्लाह दिन्छन्। 

तर, सबैको जिद्दीले गोपाल अपरेशन गर्न तयार हुन्छन्। बुबा अस्पताल भर्ना भएको भोलिपल्टै सल्लेरीमा गोपालको स्टेज कार्यक्रम तय भएको हुन्छ। यता बुबा धेरै दिन बाँच्दैनन् भन्ने थाहा हुँदाहुँदै उनी सल्लेरी जान तयार हुन्छन्। त्यो पनि प्लेनमा होइन, २४ घन्टा यात्रा गरेर गाडीमा। उनको सल्लेरी जाँदादेखि फर्किदासम्मको तीन दिनको यात्रा नै यो फिल्म हो। 

पटकथाको कमजोर विकास फिल्मको सबैभन्दा कमजोर पक्ष हो। क्लाइमेक्स अप्रत्यासित छैन। फिल्ममा दर्शकलाई कौतहुलता जगाउने कुनै खुराक छैन। फिल्ममा हुने हरेक घटना दर्शकले सहजै अनुमान गर्छन्। कहीँकतै ‘अब के होला’ भन्ने महसुसै हुँदैन। 

फिल्ममा न प्रमुख पात्रको लक्ष्य स्पष्ट देखिन्छ, न कुनै संघर्ष। द्वन्द्वको बलियो विकासमा पनि निर्देशक चुकेका छन्। 

फिल्ममा युट्युबर र अर्काको क्यारिकेचर गर्नेमाथि गरिएका व्यंग्य आदि दृश्यले सहजै थाहा हुन्छ, यो आजको समयको कथा हो। र, आजको समयमा नेपाली मनोरञ्जन क्षेत्रमा हास्य कलाकारकै दबदबा छ। एक हिसाबले यहाँ अहिले कमेडियनकै सत्ता हावी छ। 

र, वर्तमान यथार्थ यस्तो रहेको अवस्थामा फिल्मका निर्देशक विशाल सापकोटाले आफ्ना प्रमुख पात्र ‘सेल्फी किङ’ अस्वाभाविक रुपमा कमजोर देखाएका छन्। जस्तो, गायकदेखि उनैले ब्रेक दिएका क्यारिकेचर कलाकारसम्मलाई आयोजकले प्लेनमा ल्याउँछ तर उनलाई गाडीमा। 

आजको समयको कथा भन्दै गर्दा एउटा चर्चित हास्य कलाकारलाई त्यति कमजोर देखाउनु पक्कै स्वभाविक होइन। अझ बुबा बिरामी भएको अवस्थामा पनि रक्सी, चुरोट खान अनावश्यक पैसा खर्च गर्न सक्ने ‘सेल्फी किङ’लाई गाडीमै जानुपर्ने बाध्यता महसुस हुँदैन। 

अस्पतालमा बुबा मृत्युसँग लडिरहेका बेला गोपालले जसरी सल्लेरीको यात्रा तय गर्छन्, त्यसले उनी परिवारप्रति कति लापरवाह छन्, छर्लङ्गै हुन्छ। 

अन्त्यमा यति लापरवाह पात्र बुबाको दुःखद घटना सुनेपछि जसरी पछुतो मान्छ, जसरी आफ्नो कमजोरी बोध गर्छ, जसरी बुबालाई भेट्न तड्पिन्छ, त्यो पर्दामा अस्वाभाविक देखिन्छ। कारण, कथाको गति यसलाई विश्वसनीय देखाउने हिसाबले बगेको छैन। 

सम्बन्धित विषयको बहुआयामिक अध्ययनबिना फिल्म बनाउने नेपाली फिल्म क्षेत्रको पुरानै रोग हो। यो फिल्ममा पनि कमेडियनको कथामाथि सतही प्रस्तुतिमात्रै छ। जति फिल्ममा देखाइएको छ, त्योमात्रै कमेडियनको जीवन होइन। 

अहिले फिल्म जगतमा हाँसोकै दबदबा भएका बेला रिलिज भएको यो फिल्म हेर्दा कमेडी र कमेडियनको पर्याप्त अध्ययनमा यसका निर्देशक चुकेको देखिन्छ। 

समीक्षकले फिल्मकर्मीलाई भन्दाभन्दा थाकिसके‚ ‘सिनेमा भनेको गफ गर्ने चौतारी होइन, यो दृश्यभाषाको माध्यम हो।’ तर यो फिल्ममा निर्देशकले पात्रको बलियो परिचयदेखि धेरै महत्वपुर्ण घटनाहरु संवादमार्फत नै भनेका छन्। गोपालको घरदेखि सुरु हुने गफ, अस्पताल, गाडी, होटल, स्टेजदेखि घर फर्किदासम्म सकिँदैन। यसरी फिल्मको एकपछि अर्को दृश्यमा पात्रहरुबीच गफगाफै बढी छ। 

सल्लेरीको होटलमा राति कलाकार र आयोजकले सँगै रक्सी खाँदादेखि गोपाललाई कोठामा पुर्‍याउँदासम्मको दृश्य अति नै लामो र अर्थहीन देखिन्छ। 

बुबाको दुःखद खबरपछि ‘सेल्फी किङ’ रुँदरुँदै स्टेज चढ्दा दर्शक हाँस्ने दृश्यले राज कपुरको बलिउड फिल्म ‘मेरा नाम जोकर’को झल्को आउँछ। यो फिल्ममा आमाको मृत्युको बाबजुद जोकर बनेका राज ‘माँ’ भन्दै स्टेज चढ्छन्, रुन्छन्, दर्शकलाई हसाउँछन् र एउटा हास्य कलाकारको मन कति ठूलो हुन्छ, त्यो सन्देश दिन खोज्छन्। 

‘सेल्फी किङ’ हेर्दा यसका निर्माता र निर्देशक कलाकारका कारण फिल्म चल्छ भन्ने मनोविज्ञानबाट बढी निर्देशित भएको देखिन्छ। पटकथामा कम मिहेनत, विपिन कार्कीकै प्रस्तुतिमा बढी ध्यान दिनु यसको प्रमाण हो। 

फिल्ममा विपिनले निर्वाह गरेको पात्र र उनको अभिनय नयाँ महसुस हुँदैन। उनको जड्याहा प्रस्तुतिले ‘हरि’ र ‘प्रसाद’को झल्को दिन्छ। फिल्ममा विपिन हावी हुँदा उनको क्यारेक्टरप्रति त न्याय छैन नै सँगसँगै अन्य सहायक पात्रहरुप्रति पनि न्याय भएको देखिँदैन। उनीहरु  खाली ठाउँ भर्नमात्रै राखेजस्तो देखिएका छन्।

काठमाडौंबाट सल्लेरी आउने क्रममा ‘सेल्फी किङ’ बसेको गाडीमा उनीसँगै बसेका हुन्छन्, एक मधेशी पात्र। ‘सेल्फी किङ’ले प्रेमिकाको फोन उठाउँदा ‘हेल्लो बेबी’ भन्छन् तर त्यसपछि जब ती मधेशी पात्रको मोबाइलमा फोन आउँछ, उनी अस्वाभाविक देखिने गरी ‘ललिपप बेबी’ भन्दै बोल्छन्। अनावश्यक लाग्ने यो दृश्य ती मधेशी पात्रमार्फत हास्य सिर्जना गर्नकै लागि राखिएको महसुस हुन्छ।

तर, यसका बाबजुद फिल्ममा सहायक पात्रहरुको उपस्थिती प्रमुख पात्रभन्दा बलियो महसुस हुन्छ। चाहे त्यो बुबाको भूमिकामा लोकमणि सापकोटा, आमाको भूमिकामा भुवन चन्द, श्रीमतीको भूमिकामा लक्ष्मी बर्देवा या कलाकार दीपक विके को भूमिकामा अभय बराल, आयोजकका रुपमा जीवन भट्टराईको होस्। छोटै सिन पाए पनि दर्शकले उनीहरुलाई ‘नोटिस’ गर्छन्। सविन बास्तोलाको अभिनय पनि सम्झन लायक छ। 

विनय श्रेष्ठ र केकी अधिकारीको उपस्थिति भने आवश्यक देखिँदैन। फिल्ममा यसरी प्रस्तुत उनीहरुले आफूलाई झन् कमजोर बनाइरहेको देखियो।

फिल्मको सिनेमाटोग्राफी पनि गज्जब छ। सुसन प्रजापतिले पात्रको मुडअनुसार क्यामेरा चलाएका छन्। त्यस्तै सैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोरले कतिपय दृश्यमा दर्शकलाई बोर हुन दिँदैन। ‘जिन्दगीको के छ र भर’ गीतले मन छुन्छ। 

यो फिल्मको अर्को प्रशंसनीय पक्ष निर्देशकले फिल्ममार्फत हाँसोभित्र पनि एउटा पीडादायी कथा लुकेको हुन्छ भन्ने सन्देश प्रवाह गर्ने प्रयास गरेका छन्। 

एउटा कमेडियनमाथि हाम्रो समाजले कसरी मजाक गर्छ, यो फिल्ममार्फत यसका निर्देशकले त्यो देखाउन खोजेका छन्। तर, विडम्बना पर्याप्त मिहिनेत र अध्ययन नपुग्दा त्यो देखाउने बहानामा उनी आफैंले कमेडियन कथामाथि मजाक गरे। आशा गरौँ, अर्कोपटक उनी सुधारिएर आउनेछन्।  

प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  २२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेको सचिवालय बैठक बस्दै
रास्वपा सचिवालय बैठक आज
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
एमालेको सचिवालय बैठक बस्दै शनिबार, फागुन ३०, २०८२
रास्वपा सचिवालय बैठक आज शनिबार, फागुन ३०, २०८२
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शनिबार, फागुन ३०, २०८२
इरानी नागरिकलाई नेपालको अन अराइभल भिसा बन्द, अरु कुन-कुन देशलाई कडाइ ? शुक्रबार, फागुन २९, २०८२
प्रलोभनमा कम्बोडिया पुर्‍याइएका २१ नेपालीलाई उद्धार गरी नेपाल फर्काइयो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि, विभिन्न दलका शीर्ष नेताहरु उपस्थित शुक्रबार, फागुन २९, २०८२
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने शुक्रबार, फागुन २९, २०८२
प्रलोभनमा कम्बोडिया पुर्‍याइएका २१ नेपालीलाई उद्धार गरी नेपाल फर्काइयो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्