धनगढी- सशस्त्र प्रहरी बलले धनगढी क्षेत्रबाट ६ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका-१ स्थित दोदा खोलाबाट बालुवा भरी ल्याइरहेको अवस्थामा ६ वटा ट्याक्टर धनगढीको भन्सार नाकाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले से १ त ४३४७, ९३३१, से २ त ६२६, २४७, से १ त ३८८९ र ४९८० नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर जिल्ला समन्वय समिति कैलालीमा बुझाएको जनाएको छ।
जिल्ला समन्वय समितिको कार्यालयले ती ट्याक्टर चालकहरुसँग कुनै पनि कागजपत्र नभएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा भएका ट्याक्टरमा भरिएका बालुवा जिससमा राखिएको र उनीहरुबाट कारबाहीस्वरुप जरिवाना असुल गरिएको समन्वय अधिकारी बिरबहादुर शाहीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।