काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) ललिता निवासको जग्गा धितोमा राख्ने १७ बैंकको २ अर्ब २० करोड कर्जा जोखिममा, अनुसन्धान गर्दै राष्ट्र बैंक, तीन बैंकको कर्जा फुकुवा ।
२) ललिता निवास प्रकरणमा अख्तियारसमक्ष तत्कालीन प्रधानमन्त्रीदेखि भूमाफियासम्मको बयान, सरकारी जग्गा व्यक्तिका नाममा पुगेका विषयमा जिम्मेवारी लिन कोही देखिएनन् तयार ।
३) अख्तियारले भेदभावपूर्ण निर्णय गरेको भन्दै कांग्रेस भातृ संस्था र साझा पार्टीको विरोध प्रदर्शन, गच्छदार जोगाउन नभइ काखा–पाखा गर्ने अख्तियारको विरोध गरेको दाबी ।
४) ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइजविरुद्ध पुलिसलाई ३ अंक, अर्को खेलमा संकटालाई पराजित गर्दै थ्रीस्टार तेस्रो स्थानमा, आर्मीको शीर्ष स्थान कायमै ।
५) र, कोरोना भाइरसका कारण चीनमा ६ सय ३६ जनाको मृत्य, ३१ हजारमा संक्रमण, भाइरसबारे सुरुमा जानकारी दिने चिनियाँ डाक्टरको पनि मृत्यु ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।