काठमाडौं- नेपाली कांग्रेस दलका उपनेता विजय गच्छदारलाई संघीय संसद सचिवालयले निलम्बन गरेको छ।
ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति गच्छदारलाई भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार स्वतः निलम्बन गरिएको हो।
संसद सचिवालयका निमित्त महासचिव गोपालनाथ योगीले शुक्रबार सूचना प्रकाशित गरी गच्छदारको निलम्बनको जानकारी गराएका हुन्।
अख्तियार दुरुपयोग आयोगले ललिता जग्गा अनियमिततामा गच्छदारको संलग्नता रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
सुनसरी ३ बाट प्रतिनिधि सभामा गच्छदार निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।