• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भारतीय सुरक्षा सल्लाहकार र विदेश सचिवसँग के कुरा गरे नेपाली राजदूतले?

64x64
नेपाल लाइभ शुक्रबार, माघ २४, २०७६  १७:००
1140x725

काठमाडौं- भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले पछिल्लो समय भारतका कूटनीतिक भेटघाटलाई सक्रिय बनाएका छन्। 

आचार्यले बुधबार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरे। 

उक्त शिष्टाचार भेटवार्तामा नेपाल-भारत सम्बन्धका विभिन्न आयाममाथि छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

राजदूत आचार्यले शुक्रबार नयाँ भारतीय विदेश सचिव हर्षवर्द्धन स्रिंगलालाई भेटे। स्रिंगलाले गत जनवरी २९ मा नयाँ विदेश सचिवको जिम्मेवारीको कार्यभार सम्हालेका थिए।  

स्रिंगलाले विदेश सचिवको जिम्मेवारी सम्हालेयता राजदूत आचार्य र उनीबीच भएको यो पहिलो भेटवार्ता हो। नेपाली दूतावासले भेटवार्ताका क्रममा राजदूत आचार्यलाई स्रिंगलालाई नयाँ विदेश सचिवका लागि शुभकामना दिएको र दुई देशबीचको मित्रवत सम्बन्ध विकासका लागि सँगै काम गर्ने विचार व्यक्त गरेको उल्लेख गरेको छ। 

सुरक्षा सल्लाहाकार र विदेश सचिवसँग भएको कुरा 
राजदूत आचार्यले सुरक्षा सल्लाहाकार डोभाल र विदेश सचिव स्रिंगलासँग नेपाल र भारतको समग्र सम्बन्धका बारेमा छलफल भएको बताए। 

‘द्विपक्षीय सम्बन्धका हरेक विषयमा सौहार्दपूर्ण कुराकानी भयो,’ भेटबारे राजदूत आचार्यले नयाँ दिल्लीबाट नेपाल लाइभसँग टेलिफोन सम्पर्कमा भने, ‘धेरै विषयमा कुराकानी भयो, अहिले यही विषयमा मात्रै भयो भनेर नभनौं।’

Ncell 2
Ncell 2
nimb
nimb

भारतले नोभेम्बर २, २०१९ मा सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्र, लिपुलेक र लिम्पियाधुरासमेत समेटेपछि दुई देशबीच विवाद बढेको छ।  

त्यसको विरोधमा नोभेम्बर ६ मा कालापानी क्षेत्र नेपालको भएको कुरामा नेपाल सरकार स्पष्ट रहेको भन्दै  एकतर्फी निर्णयबाट गरिने हेरफेर नेपालका लागि मान्य नहुने बताइएको थियो। 

यो विषयमा सबैको एउटै धारणा बनाउन प्रधानमन्त्री केपी ओलीले नोभेम्बर ९ मा सर्वपक्षीय बैठक आह्वान गरेका थिए, जहाँ सबैले यसमा सरकारले चाल्ने हर कदममा साथ रहने प्रतिबद्धता जनाएका थिए। 

नोभेम्बर २० मा परराष्ट्र मन्त्रालयले कूटनीतिक नोटमार्फत् कालापानीलगायतका क्षेत्र नेपालको भएको भन्दै विरोध जनाएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नोभेम्बर २३ मा सरकारले त्यस विषयमा वार्ता प्रस्ताव गर्दै चिठी पठाएको थियो तर भारतले ढिला गरी डिसेम्बर २९मा आफ्नो प्रतिक्रिया पठाएको थियो। 

त्यसमा भारतले आफू सीमा सम्बन्धमा नेपालसँग वार्तामा बस्न तयार भएको उल्लेख गरिएको भनिए पनि अहिलेसम्म वार्ताको मिति तय भएको छैन।

भारतमा विजय गोख्ले विदेश सचिवका रुपमा बिदा हुन लागेको र नयाँ विदेश सचिव नआई वार्ता नुहने भन्दै सीमा विवाद सुल्टाउन हुने भनिएको परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकलाई थाती राखिएको थियो। 

यसबारे भेटघाटका क्रममा केही कुराकानी भयो कि भन्ने नेपाल लाइभको प्रश्नमा राजदूत अचार्य खुल्न चाहेनन्। ‘धेरै विषयमा कुराकानी भएको छ, के-के भयो भनेर अहिले भन्न उचित नहोला कि?,’ राजदूत आचार्यले भने। 

दुवै भेटका क्रममा उच्चस्तरीय द्विपक्षीय भेटवार्तालाई बढाउने विषयमा कुराकानी भएको राजदूत आचार्यले बताए। 

गत ७ माघमा भिडियो कन्फ्रेन्समार्फत् संयुक्त रुपमा विराटनगरस्थित एकिकृत जाँच चौकी उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधामन्त्री नरेन्द्र मोदीलाई नेपाल र भारतबीच थाती रहेका समस्या समाधान गर्ने बेला आएको बताएका  थिए।

‘सबै थाती रहेका विषयलाई संवादमार्फत् समाधान गर्ने समय आएको छ,’ ओलीले भनेका थिए, ‘मेरो सरकार यी विषयमा भारतसँग काम गर्न तयार छ।’

ओलीले कुन-कुन समस्या भन्ने चाहिँ खुलाएका थिएनन्। ओलीले सम्बोधनका क्रममा मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन्।

‘यो वर्ष नेपाल आउने कार्यक्रम बनाइरहेको छु, तपाईं (ओली)सँग समय बिताउनेछु,’ मोदीले प्रतिउत्तरमा भनेका थिए, ‘तपाईंले प्रेमसहित जुन निमन्त्रणा दिनुभयो मैले गर्व महशुस गरिरहेको छु। तपाईं र नेपाली नागरिकको प्रेमले मलाई नेपालतिर खिचिरहेको छ। म अवश्य पनि नेपाल आउने कार्यक्रम बनाउनेछु।’

पछिल्लो समय नेपाल-भारतसम्बन्धमा अभूतपूर्व प्रगति देख्न पाइएको बताउँदै नयाँ वर्षमा दुई देशको सम्बन्ध थप उचाइमा पुर्‍याउने बताएका थिए। 

सन् २०२० को दशकलाई नेपाल-भारत सम्बन्धका लागि स्वर्णिम दशक बनाउनुपर्ने मोदीको भनाइ थियो। 

‘नयाँ वर्षमा हाम्रो सम्बन्धलाई थप उचाइमा लग्नेछौं,’ मोदीको भनाइ थियो, ‘यो दशक नेपाल-भारत सम्बन्धका लागि स्वर्णिम दशक बनोस्।’

प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  १७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? उनले यसअघि केपी शर्मा ओली, सुशीला कार्की र वर्तमान सरकारको समेत आलोचना गर्दै आएको उल्लेख गरे । व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा भए पनि... शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूल... शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो । शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्