काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गफाडीको संज्ञा दिएका छन्।
चितवनमा भएको कार्यक्रममा बोल्ने क्रममा नेता थापाले प्रधानमन्त्रीले बोले अनुरुप कार्य नगरेकाले ‘गफाडी’ भन्नु परेको बताए।
प्रधानमन्त्री ओलीले पदभार सम्हाल्दै गर्दा प्रतिपक्षलाई आश्वस्त पारेको स्मरण गर्दै उनले कार्यकालको दुई वर्ष पुग्दै गर्दा प्रधानमन्त्रीलाई गफाडीबाहेक अरु नभन्ने बताए। ‘प्रधानमन्त्रीसँग संसदमा लामो कुरा गर्नेछैन। एक शब्दमा प्रधानमन्त्रीलाई गफाडी भन्नेछु।यो भन्दा बढी भन्नु पर्ने केही पनि छैन,’ उनले भने।
प्रधानमन्त्री ओलीले विगतको अभिव्यक्ति स्मरण गर्दै उनले भने, ‘प्रधानमन्त्रीले भन्नुभएको थियो। अब कोही पनि उपचार नपाएर मर्ने छैन।’ सबैले रोजगारी प्राप्त गर्ने प्रधानमन्त्रीको बोलीलाई कांग्रेसले साथ दिने वचन दिएको उनले सम्झिए। थापाले भने, ‘बाटो बिराए निरन्तर प्रश्न पनि गरिरहन्छौं।’उत्तरदायी र जवाफदेही शासन सञ्चालन गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले पुरा नगरेको उल्लेख गरे।
प्रधानमन्त्रीको तत्कालीन बोली सम्झँदै थापाले भने, ‘उहाँले भन्नुभएको थियो, कम्युनिस्ट पार्टीको मात्रै होइन। देशको प्रधानमन्त्री बन्ने छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।