काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै सम्पन्न केन्द्रीय कमिटि बैठकमा सामूहिकता र अन्तर्घुलनको एउटा नयाँ ‘फ्युजन’ भएको बताएका छन्।
नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ केन्द्रीय समितिको सपथ ग्रहण तथा एकताको प्रथम बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले केन्द्रीय कमिटिको बैठकमा एकरुपता कायम भएर अभियानात्मक रुपमा अगाडि बढेको स्पष्ट पारे।
प्रचण्डले ‘अहिले बेस्सरी गर्याैं भने पनि जताततै देखिएको निराशाले यहाँ केही चिज ठीक नभइरहेको देखाएको बताए। प्रचण्डले भने, ‘हामीले भन्न त भनेका छौं भ्रष्टाचार गर्दैनौं र गर्न पनि दिँदैनौं, यो घोषणा आफैंमा राम्रो कुरा हुँदै हो। तर राज्यको समग्र व्यवहारमा स्थानीय तहदेखि संघसम्म भ्रष्टाचार रोकिन थालेको छ भन्ने अनुभूति जनताले गरे कि गरेनन् भन्यो भने ग्राफचाहिँ राम्रो आउँदैन ।’
प्रचण्डले कर प्रणाली जनताको पक्षमा भन्दा जनताविरोधीको पक्षमा हुन थाल्यो कि क्या हो भन्ने जस्तो देखिएको बताए। ‘जसलाई उत्थान गर्नुपर्ने हो त्यसलाई सुविधा दिनतिर केन्द्रित भयौं कि त्यसले झन् असुविधा महसुस गरेर कता-कता उकुसमुकुस भएजस्तो स्थिति छ,’ उनले भने।
उनले राज्यमाथि मध्यम वर्गको प्रभाव र हस्तक्षेप बढाएर लैजान र तल्लो वर्गलाई परिवर्तनको प्रतिफल पुग्यो भन्ने अनुभूत गराउनेतर्फ उद्योग व्यवसायीको ध्यान जान जरुरी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।