काठमाडौं- नोबल कोरोना भाइरसको संक्रमण समाना गरिरहेको उत्तरी छिमेकी चीनलाई नेपालले एक लाख ‘प्रोटेक्टिभ मास्क’ हस्तान्तरण गरेको छ।
शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनासंख्या मन्त्री भानुभक्त ढकालले नेपालका लागि चिनियाँ राजदूतलाई मास्क हस्तान्तरण गरेका हुन्।
सरकारले चीनलाई १ लाख संख्यामा ‘प्रोटेक्टिभ मास्क’ चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय यसअघि नै गरेको थियो।
भाइरस संक्रमित बढेपछि चीनमा मास्कको अभाव भएको छ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भाइरस संक्रमित चीनको वुहानबाट ल्याउने नेपालीलाई ४ ठाउँमा राख्न निर्देशन दिएका छन्।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री र मुख्य सचिवलगायतका अधिकारीसहितको विशेष बैठकमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।
चीनबाट ल्याइने नेपालीलाई भक्तपुरका शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा राखिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।