काठमाडौं– नेपाली कांग्रेसले शुक्रवार पनि संघीय संसदको अवरोध गरेपछि प्रतिनिधि सभा बैठक आइतबार सरेको छ। आधा घन्टाका लागि स्थगित गरिएको सभालाई आइतबार दिउसो १ बजे बस्ने गरी बैठक सारिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा एउटै निर्णयमा सहभागी केहीलाई मुद्दा दायर गरेको र केहीलाई उन्मुक्ति दिएको भन्दै कांग्रेसले संसद अवरुद्ध गरिरहेको छ।
स्थगित समयमा पनि सभा सुचारु गर्ने विषयमा कांग्रेससँग सहमति नभएपछि शुक्रबारको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो। सभामुख अग्नि सापकोटाले प्रतिपक्ष दलसँग सभा सुचारु गर्ने विषयमा सहमति खोज्ने प्रयास गरेपनि सफल भएनन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।