काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) यस क्षेत्रका जनताको साझा पहिचान भएको बताएका छन्। काठमाडौंस्थित सार्क सचिवालयको भ्रमण गर्दै उनले सार्क दक्षिण एसियाली जनताको साझा पहिचान भएको बताएका हुन्।
उनले सार्कको १९औं शिखर सम्मेलन चाँडो आयोजना हुने विश्वास पनि व्यक्त गरे। सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न आफू आतुर रहेको उल्लेख गर्दै उनले १९ औं सम्मेलनका लागि सबै सदस्य राष्ट्रबीच सहमति जुट्ने विश्वास पनि व्यक्त गरे।
प्रधानमन्त्री ओलीले सार्कका सिद्धान्त र उद्देश्यप्रति सार्क राष्ट्रका प्रमुखले प्रतिबद्धता जनाएको पनि बताए। उनले सचिवालय परिसरमा रुद्राक्षको विरुवासमेत रोपेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।