काठमाडौं– नेपाली कांग्रेसले अवराेध गरेपछि शुक्रबार पनि संघीय संसदको प्रतिनिधि सभा बैठक आधा घन्टाका लागि स्थगित गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा एउटै निर्णयमा सहभागी केहीलाई मुद्दा दायर गरेको र केहीलाई उन्मुक्ति दिएको भन्दै कांग्रेसले विरोधस्वरुप संसद अवरुद्ध पारेको हो।
संसद अवरुद्ध पार्नुअघि कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले अख्तियार आफैंले आफ्नो अख्तियार दुरुपयोग गरेको भन्दै संसद अवरोध गर्नुपरेको बताए। उनले भने, ‘जुन प्रधानमन्त्रीले त्यो निर्णय गर्नुभयो। उपलब्धीका रुपमा लिनुभयो। मुख्य सचिव जसले गुरुयोजनाको परिकल्पना गर्नुभयो, उहाँले गौरवमय भन्नुभयो । योजना पेश गर्नेले उन्मुक्ति पाउने, महान् व्यक्ति हुने। जो लाभावान्वित हुनुभयो, लालपुर्जा बोकेर हिँडिरहनुभएको छ, उहाँ पनि महान् व्यक्ति । जसको मन्त्रालयभित्र उक्त काम पर्दैन, ऊ कसरी दोषी?’
विश्वकर्माले आफ्नो भनाइ राखेपछि पनि कांग्रेसले संसद अवरोध गरिरहेपछि सभामुख अग्नि सापकोटाले आधा घन्टाका लागि संसद स्थगित गरेका हुन्।
फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।