काठमाडौं– नेपाली कांग्रेसले शुक्रवार पनि संसद अवरुद्ध गर्ने भएको छ। कांग्रेस संसदीय दलको बैठकले शुक्रबार बस्ने प्रतिनिधी सभाको बैठक पनि अवरुद्ध गर्ने निर्णय लिएको सांसद डिला संग्रौलाले बताइन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो। संसदीय दलका उपनेता समेत रहेका नेपाली कांग्रेस नेता विजय गच्छादारलाई भ्रष्टाचार मुद्दा लगाएको तर नेकपा नेतालाई उन्मुक्ति दिएको भन्दै कांग्रेसले सडक र सदन दुवै तताउने नीति लिएको छ। यसअनुसार बिहीबार पनि प्रतिनिधि सभा अवरुद्ध गरेको थियो।
संसदीय दलको बैठकमा उनले उक्त मुद्दा आफूलाई नभइ कांग्रेस पार्टीमाथिकै आक्रमण भएको बताएका छन्। उनले बैठकमा भने, 'दुरासयपूर्ण रुपमा मुद्दा हालेर मलाई फसाइएको छ। यसविरुद्ध हामीले डट्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।