काठमाडाैं- साझा पार्टीले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले ललितानिवास जग्गा प्रहरणमा पहुँचवाला र ठूला नेतालाई उन्मुक्ति दिएकाे भन्दै विराेध प्रदर्शन गरिरहेको छ।
साझाले आज काठमाडाैंमा सिठी जुलुससहित विराेध प्रदर्शन गरेकाे हाे। अख्तियारको मूल गेटमा प्रदर्शन गर्न पुगेकाे जुलुसलाई त्यहाँ प्रदर्शन गर्न दिइएन। जुलुसमा बागमती प्रदेश संयोजक समीक्षा बास्कोटासहित एक दर्जन नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
'ठूला नेतालाई उन्मुक्तिकाे उपहार, यस्ताे किन अख्तियार' लेखिएकाे ब्यानरसहित प्रदर्शन गरेका छन्।
नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारसहित १७५ जनालाई मुद्दा चलाएकाे थियाे। ‘राजनीतिक पुर्वाग्रह राखेर कांग्रेस उपसभापतिविरुद्ध मुद्दा दायर गरिएको छ। तत्कालीन प्रधानमन्त्री र मुख्य सचिवलाई उन्मुक्ति दिइएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।