सिंगापुर– चीनमा फैलिरहेको घातक कोरोना भाइरसको डरले सिंगापुरमा एक विवाह समारोह निरस बनेको छ।
विवाहको केही दिनअघि मात्रै चिन घुमेर फर्केको थियो, जोसेफ र काङटिङ जोडी। उनीहरुको विवाह पहिल्यै तय भइसकेको थियो र सबै तयारी पनि।
आफन्तले जब उनीहरु चीन घुमेर केही दिनअघि मात्रै फर्केको थाहा पाए, निम्तो मान्न राजी भएनन् । बरु विवाहको मिति पर सार्न सुझाए।
तर उनीहरुले सबै तयारी गरिसकेका थिए। त्यसैले विवाह रोक्न चाहेनन्। बरु उपाय निकाले बेहुला र बेहुलीभन्दा आफन्त टाढा रहने र विवाहको लाइभ स्ट्रिमिङ हेर्ने।
आफन्तहरु एक होटेलमा जम्मा भए। उक्त जोडीले तयार गरेको भोज खाए। भिडियोमार्फत विवाह हेरे।
विवाहको स्पिच आफन्त सामू भिडियोकै सहारामा दिए। भिडियो कलमा सबै आफन्तले विवाहको शुभकामना दिए।

जोसेफ सिगापुरका भएपनि काङटिङको घर चीनको हुनान प्रान्तमा हो। नयाँ वर्ष मनाउन उनले हुनेवाला दुलहालाई जनरवरी २४ मा आफूसँगै माइती चीन लगेकी थिइन्।
हुनानको ग्रामिण इलाका घुमेर फर्किँदा उनीहरुलाई कोरोना भाइरसकाे डर थिएन। ३० जनवरीमा उनीहरु सिंगापुर आए। उनीहरुले होटेल बुकिङ गरे। तर आफन्तहरु आउन मानेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।